Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Miruna Magar interview: ‘नेपाली चलचित्र क्षेत्रमा बलियो संरचनाको खाँचो छ’ - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
हङ्कङमा जन्मेर यूकेमा हुर्केकी भए पनि भूकम्पपीडितलाई सहयोग गर्ने कुनै संस्थामा काम गर्ने उद्देश्यका साथ लन्डनबाट नेपाल आएकी मिरुना मगर अहिलेकी चर्चित र व्यस्त अभिनेत्रीमध्ये पर्छिन्। 'कबड्डी', 'जारी' हुँदै 'उनको स्वेटर' लगायतका चलचित्रबाट निकै चर्चामा रहकी मिरुनाका लागि चलचित्रमा पारिश्रमिकभन्दा पनि 'स्क्रिप्ट' तथा कथावस्तु महत्वपूर्ण छन्। ‘यति छिट्टै सफल हुन्छु भनेर सोचेकी थिइनँ’ भन्दै धरानकी मिरुना ‘चलचित्र क्षेत्रमा बलियो संरचनाको खाँचो’ रहेको औँल्याउँछिन्। उनको सफलता, सङ्घर्ष, चुनौती र चलचित्र क्षेत्रमा गरिनुपर्ने सुधारका बारेमा मगरसँग बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्। अन्तर्वार्ता : कमल परियार भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #MirunaMagar #NepaliFilm