Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
म्यान्मार सैन्य कू: 'सर्वसाधारणलाई मारियो, बलात्कार गरियो र गाउँहरू जलाइयो' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
सेनाको आदेशमा म्यान्मारमा सैनिकले अक्षम्य मानव अधिकार हनन गरेको स्वीकार गरेका छन्। छ जना भगौडा सैनिकहरूले बीबीसीलाई दुर्लभ अन्तर्वार्ता दिएका छन् जसमा उनीहरूले सर्वसाधारणलाई मारेको, बलात्कार गरेको र गाउँहरू जलाएको विवरण दिएका छन्। गत वर्ष म्यान्मारको सेनाले प्रजातान्त्रिक ढङ्गमा चुनिएको सरकारलाई सैन्य कूबाट हटाएर सत्ता कब्जा गरेको थियो। त्यसयता सैन्य सरकारले आफूविरुद्ध लडिरहेको सशस्त्र नागरिक समूहहरूलाई सखाप पार्न खोजिरहेको छ। चेतावनी: यो भिडिओमा विचलित पार्न सक्ने बयान र दृश्यहरू छन्। रिपोर्टर: रेबेका हेन्स्की उत्पादन तथा निर्देशन: सार्लोट एटवूड, को को आङ र रेबेका हेन्स्की भिडिओ सम्पादन : डेरिक ईभान्स ग्राफिक्स: अघ्निया अड्जकिया, अर्भिन सुप्रियादि र डेभिज सूर्या #BBCNepali #Myanmar #Coup