Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
म्युनिख ओलिम्पिक्स: नेपाली म्याराथन धावकको सम्झनामा आतङ्ककारी हमला
BBC News Nepali · 4 years ago
सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलिम्पिक्समा नेपालको प्रतिनिधित्व गर्दै धावक भक्तबहादुर सापकोटा सहभागी हुन गएका थिए। सो ओलिम्पिक्समा इजरेली टोलीमाथि आतङ्ककारी आक्रमण भएको थियो र पाँच खेलाडीसहित ११ जना इजरेलीको ज्यान गएको थियो। उक्त घटना सम्झँदा सापकोटा अहिले पनि त्यो क्षण डरलाग्दो भएको बताउँछन्। आक्रमण भएको तीन दिनपछि म्याराथनमा सहभागी भएर उनी र नेपाली टोली नेपाल फर्किएका थिए। उनले उक्त घटनालाई कसरी सम्झेका छन्? भिडिओ: सृजना श्रेष्ठ #Olympics #MunichMassacre #BhaktaBahadurSapkota