Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
माटो नपाएर सङ्कटमा भक्तपुरको कुमाले पेसा
BBC News Nepali · 4 years ago
माटोका भाँडा बनाउने आफ्नो पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको भक्तपुरका प्रजापति समुदायले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो केही वर्षयता बढ्दो सहरीकरणले भाँडा बनाउन प्रयोग हुने माटोको अभावका कारण यो पेसा सङ्कटमा पर्न थालेको बताइन्छ। भक्तपुरको पलाँछे टोलका ३२ वर्षीय दयाराम प्रजापति आफ्नो बाबुबाजेले गर्दै आएको काम माटोको अभावका कारण नयाँ पुस्ताले यो काम नगर्ने बताउँछन्। भिडिओ स्टोरी: विजय गजमेर #Bhaktapur #PotterySquare #PotteryInNepal