Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मुस्ताङ हिमपहिरोः अर्को आउँछ कि भन्ने पीर
BBC News Nepali · 4 years ago
मुस्ताङमा गत साता आएको हिमपहिरोका कारण कुनै मानवीय क्षति नभए पनि स्थानीय बासिन्दाहरू अझै भयभीत देखिन्छन्। त्यस्तै हिमपहिरो आयो भने के होला भन्ने डर उनीहरूमा देखिन्छ। स्थानीय गाउँले र बुद्धिजीवीले हिमपहिरोबाट भविष्यमा हुन सक्ने जोखिमबारे यथाशीघ्र अध्ययन हुनुपर्ने माग गरेका छन्। विज्ञहरूले भने मुस्ताङको हिमपहिरोलाई "स्वाभाविक" भन्दै नआत्तिन भनेका छन्। भिडिओ स्टोरी: कमल परियार #Mustang #Avalanche #Mountains