Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
माओवादी लडाकु दम्पती जसले बन्दुक छोडेपछि सियो र सङ्गीत रोजे
BBC News Nepali · 5 years ago
नेपालमा माओवादी सशस्त्र विद्रोहको उद्गमस्थल रोल्पामा जन्मेका माधव श्रेष्ठ र प्यूठानकी होलिका केसी दम्पती हुन्। विक्रम संवत् २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा उनीहरू कलिलै उमेरमा होमिएका थिए। समाज र राज्य परिवर्तन गर्ने सकिन विश्वाससहित "मर्न र मार्न" तयार भएका उनीहरू अहिले आफैँ समाजमा पुनर्स्थापित हुन सङ्घर्ष गरिरहेको बताउँछन्।