Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मन्त्री बनेमा के फरक गर्न चाहन्छन् महिला सांसद?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नौ जना महिला सांसदहरूले प्रत्यक्ष तर्फबाट चुनाव जितेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसीमा कार्की र सोविता गौतम, नेपाली कांग्रेसबाट सीता गुरूङ, नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, नेकपा एमालेबाट भगवती चौधरी, विद्या भट्टराई, जुली कुमारी महतो र ज्वाला कुमारी साह अनि नागरिक उन्मुक्त्ति पार्टिबाट रन्जिता श्रेष्ठले प्रत्यक्षतर्फ जितेका हुन्। सांसदहरूको शपथ सकिएसँगै सरकार गठन प्रक्रिया अघि बढिरहेको छ। प्रत्यक्ष तर्फबाट विजयी भएको पाँचवटा पार्टीका महिला सांसदरूलाई हामीले उनीहरू मन्त्री भएमा के के फरक काम गर्न चाहन्छन् भनेर सोधेका थियौँ। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Politics #Womenleader