HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मन जित्ने हात भएकी दृष्टिविहीन मसाज थेरापिस्ट

BBC News Nepali · 8 years ago

जिमावती लाम्कोलिया मसाज थेरापिस्ट हुन्। बर्दियाको थारू परिवारमा २६ वर्षअघि जन्मिएकी उनी जन्मजात दृष्टिविहीन हुन्। उच्च शिक्षाका लागि राजधानी आएकी जिमावतीले स्नातक तहको पढाइपछि मसाज थेरापीको तालिम लिइन् र त्यसैलाई आफ्नो व्यवसाय बनाइन्। अपाङ्गता हुँदाहुँदै पनि सङ्घर्ष गर्दै आत्मनिर्भर बनेकी उनी अहिले धेरैका लागि प्रेरणा बनेकी छन्। (भिडिओ: सृजना श्रेष्ठ)