Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मुलपानी मैदानमा पनि एसीसी मेन्स प्रिमिअर कप क्रिकेटको तयारी- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
यही वैशाख ५ गतेदेखि एसीसी मेन्स प्रिमिअर कप २०२३ का केही खेल मुलपानीमा रहेको क्रिकेट मैदानमा गर्ने गरी तयारी भइरहेको छ। यो मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो। क्रिकेट प्रशिक्षणका लागि बनाइएको एकेडेमीमा अन्तर्राष्ट्रिय मापदण्डका पूर्वाधार छैन। त्यसैले अन्तर्राष्ट्रिय खेल गर्नु अघि अहिले धमाधमपूर्वाधार बनाउने काम भइरहेको छ। अहिले बन्दै गरेका पूर्वाधारहरूमा ड्रेसिङ रुम, पिच, आउटफिल्ड, ब्रोडकास्टिङ कक्ष, ट्रान्सफर्मर जस्ता संरचनाहरू छन्। यो मैदानको नजिकै रहेको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य एक दशकभन्दा अघिदेखि जारी रहेको बताइन्छ। तर मैदान तयार भएको छैन। सम्पूर्ण पूर्वाधार नभए पनि यस मैदानमा नेपालका विभिन्न क्रिकेट खेल भने हुने गरेका छन्। अहिले दर्शकले खेल हेर्न स्थानको व्यवस्था भएको छैन। मैदानको एक छेउमा रहेको खाली चउरमा बसेर केही दर्शकले खेल हेर्न सक्ने नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताएका छन्। अबको करिब एक हप्तामा १० वटा एसोसियट राष्ट्रबीच नेपालमा क्रिकेट प्रतिस्पर्धा हुन गइरहेको छ। भिडिओ: विजय गजमेर/सृजना श्रेष्ठ #BBCNepali #Cricket #Sports