Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मोबाइल कारोबारमा बढ्दो जोखिम - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपालमा मोबाइल ब्याङ्किङको सुविधा प्रयोग गर्ने ग्राहकको सङ्ख्या बढिरहेको छ। इन्टरनेट र मोबाइल फोनको सर्वसुलभताले मोबाइलबाट हुने ब्याङ्किङ कारोबार बढेको हो। तर चनाखो नहुने हो भने यो सुविधा प्रयोग गर्ने ग्राहकहरू जोखिममा पनि रहेको साइबर सुरक्षाविज्ञ र अधिकारीहरू बताउँछन्। केही समययता सामाजिक सञ्जालको प्रयोग गरी, प्रलोभनमा पारी झुक्याएर पासवर्ड वा ओटीपी चोरी गरी अनलाइनमार्फत् हुने ठगी बढेको बताइन्छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार गत आर्थिक वर्षमा ६१० वटा अनलाइनमार्फत् हुने आर्थिक अपराधका घटनामा उजुरी परेकोमा विगत दुई महिनाभित्र ८२ वटा उजुरी दर्ता भएका छन्। कतिपय घटनाबारे ग्राहकले थाहै नपाएको वा ढिलो थाहा पाउने भएकाले ठगिने मानिसको सङ्ख्या अझ बढी हुनसक्छ। अनलाइनमार्फत् कस्ता ठगीका घटना हुन्छन् र यसबाट कसरी जोगिन सकिन्छ? भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #MobileBanking #Cyber