Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘म खराब पुरुषका अगाडि नाच्छु तर मेरी छोरीले त्यसो गर्ने छैन’- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
भारतको पश्चिमी राज्य महाराष्ट्रको जम्खेड नगरमा पुरुषहरूले महिलाका कामुक नृत्य हेर्न जाने कैयौँ नाचघर छन्। ती महिलालाई नृत्यले परिवार पाल्ने बाटो त दिएको छ तर उनीहरूमाथि बारम्बार यौन दुर्व्यवहार हुने गर्छ। गरिबीका कारण कतिपय अवस्थामा उनीहरू पैसाका निम्ति यौनसम्बन्ध राख्न पनि बाध्य हुने गर्छन्। आफ्नो जीवनशैलीका कारण आफ्ना सन्तानमा पर्न सक्ने प्रभावले उनीहरू धेरै चिन्तित छन्। बीबीसी मराठीको टोलीले स्थानीय सञ्चारमाध्यम बाइमानुससँग मिलेर ती नर्तकीहरूको एक समूहसँग कुराकानी गरेको छ। उनीहरूले आफ्ना सन्तानको उत्तम भविष्यका निम्ति दृढ भएको बताएका छन्। हेर्नुहोस् भिडिओ। #BBCNepali #Dance #Violence