HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'म बाटोमै सुत्केरी भएँ तर फेरि हिँड्न थालेँ'- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

सुडानको डार्फरमा २० वर्षअघि नरसंहार भएको थियो। अहिले उक्त क्षेत्र फेरि द्वन्द्वमा फसेको छ र त्यहाँ सर्वसाधारण मानिसहरूले ज्यान गुमाइरहेका छन्। खार्टूममा गत एप्रिल महिनादेखि देशको अर्धसैनिक बल 'र्‍यापिड सपोर्ट फोर्सेस' (आरएसएफ) र सुडानको सेनाबीच लडाइँ चर्किएपछि ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन्। तीमध्ये अधिकांश महिला र बालबालिका छन्। उनीहरू शरण लिन छिमेकी देश चाड पुगेका छन्। बीबीसीकी मर्सी जुमाले सुडान र चाडको सीमामा अवस्थित एउटा शरणार्थी शिविरमा गएर बालबच्चा लिएर भागेका सुडानी महिलाहरूसँग कुरा गरेकी छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Sudan #War