Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Loan app scam India: ऋणीको 'निर्वस्त्र तस्बिर' देखाई असुली गर्ने लोन एपको भन्डाफोर - BBC News Nepali
BBC News Nepali · 2 years ago
बीबीसीले गोप्य रूपमा गरेको एउटा अनुसन्धानमा एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा मानिसहरूलाई फसाउन तत्कालै ऋण दिने एपहरू प्रयोग भइरहेको खुलासा गरेको छ। सहजै पैसा पाइने प्रलोभन देखाएर ऋणको नाममा ठगी गर्नेहरूले प्रयोगकर्ताहरूका मोबाइलबाट उनीहरूका निजी सूचनाहरू लिने र पैसा तिराउनका लागि धम्की दिने र उनीहरूको सामाजिक प्रतिष्ठा बिगारिदिनेजस्ता काम गर्छन्। बीबीसीको अनुसन्धानमा सन् २०२० यता भारतमा त्यस्ता एपको जालमा परेका कम्तीमा ६० जनाले आत्महत्या गरेको देखिएको छ। #BBCNepali #LoanApp #Scam