Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Libya natural disaster: बाढीले बाँध र पुल भत्काउँदा डेर्नामा ठूलो विध्वंस
BBC News Nepali · 2 years ago
लिबियामा एउटा समुद्री आँधीका कारण आएको बाढीबाट हजारौँ मानिसको मृत्यु भएको छ भने झन्डै १०,००० जनाजति हराइरहेका छन्। मृतकको सङ्ख्या अझै बढ्ने ठानिएको छ। पूर्वी लिबियाको बन्दरगाह सहर डेर्नामा त्सुनामीजस्तो उर्लेर आएको भलबाढीका कारण दुईवटा बाँध र चारवटा पुल भत्किँदा सर्वाधिक क्षति भएको छ। उक्त सहरको धेरै भाग पानीले बगाएर समुद्रमा पुर्याएको ठानिएको छ। त्यहाँ कम्तीमा ५,३०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। बाढीले बगाएर समुद्रमा पुर्याएका शवहरू सङ्कलन गर्न उद्धारकर्ताहरूले सङ्घर्ष गरिरहेका छन्। डेर्नामा फेला परेका शवहरूलाई सामूहिक रूपमा समाधिस्थ गरिएको छ। #BBCNepali #Libya #NaturalDisaster