HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

खुट्टाले लेखेर एसईई

BBC News Nepali · 4 years ago

दक्षिणकाली नगरपालिका-१, चाल्नाखेलका हरिप्रसाद बुढाथोकी खुला विद्यालयमा पढेर अहिले एसईईको परिक्षामा सहभागी भइरहेका छन्। कलेज पढेर आफ्नै खुट्टामा उभिने सपना देखेका हरिप्रसाद शारीरिक अवस्थाका कारणले हातले लेख्न नसके पनि खुट्टाले कलम चलाउँछन्। प्यारालाइसिसका कारण उनले पढाइ बीचमै छाड्नु परेको थियो। तर पछि पढ्ने इच्छा व्यक्त गरेकाले पढाइ छाडेको ८-९ वर्षपछि उनी खुला विद्यालयमा भर्ना भएको उनका भतिजा प्रशान्त बुढाथोकीले बताए। भिडिओ स्टोरी: कमल परियार #SEE #differentlyabled #student