Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'खानामा नुन थपेर खाने बानी छ? अचेत हुने अवस्था आउन सक्छ' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
खानामा नुन थपेर खाने बानीले गर्दा कोमा अर्थान् अचेत हुने अवस्था पनि आउन सक्ने चिकित्सकहरू बताउँछन्। हामी किन धेरै नुन खाइरहेका छौँ? नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले नेपालीले औसतमा दैनिक ९.१ ग्राम आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम मात्र आयोडिनयुक्त नुन आवश्यक पर्छ। खानामा नुन थपेर खाने बानीले गर्दा कोमामा पुग्ने अर्थात् अचेत हुने अवस्था पनि आउन सक्ने चिकित्सहरू बताउँछन्। हामी किन धेरै नुन खाइरहेका छौँ र नुन खाने सही तरिका कस्तो हो? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Health #Food