Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
काठमाण्डूमा पार्किङ्ग कसरी सहज बनाउन सकिन्छ? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
काठमाण्डूमा महानगरपालिकामा बढ्दो सवारीसाधनको अनुपातमा पार्किङ्गको समस्या बढ्दै गएको छ। पार्किङ्गको जिम्मेवारी पाएको काठमाण्डू महानगरपालिकाले समयमै उचित व्यवस्था गर्न नसक्दा समस्या आएको विज्ञहरू बताउँछन्। काठमाण्डूमा रहेको सार्वजनिक ठाउँहरूलाई प्रयोग गर्न सके पार्किङ्गको समस्या समाधान गर्न सकिने सहरी योजनाकार किशोर थापा बताउँछन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #Traffic #Parking