Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
काठमाण्डूको धरहरा: पुनर्निर्माण कि नवनिर्माण?
BBC News Nepali · 5 years ago
विसं २०७२ को भूकम्पमा ६४ जनाको ज्यान जाने गरी भत्किएको धरहराको स्थानमा निर्मित संरचना तयार भएको छ। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८२ सालमा पहिलो धरहरा निर्माण गरेको इतिहास छ। १९९० सालको भूकम्पले धरहरा भत्किएपछि जुद्ध शमशेरले त्यसको पुनर्निर्माण गरेका थिए। तर हाल पुरानो धरहराको भग्नावशेषको छेवैमा बनेको यो संरचना पुरातात्त्विक तथा ऐतिहासिक हिसाबले निर्माण नगरिएको सम्पदा संरक्षण अभियानकर्ताको भनाइ छ।