Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'काष्ठमण्डपमा रिपोर्टिङमा जाँदा महारानीलाई साह्रै प्रफुल्ल देखेँ'- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
पुस्तौँदेखि दरबारमा फोटो खिच्ने र चित्रकारिता गर्ने काम गर्दै आएको काठमाण्डूको चित्रकार परिवारका एक सदस्य तथा फोटो पत्रकार किरणमान चित्रकारले महारानी एलिजाबेथको निधनले आफ्ना बाबुबाजेको कामको स्मरण पुन: ताजा बनाएको बताएका छन्। उनका हजुरबुबा दीर्घमान र बुबा गणेशमान चित्रकारले नेपालको तत्कालीन राजपरिवार र विदेशबाट आउने विशिष्ट पाहुनाहरूको तस्बिर खिचेका थिए। ३३ वर्ष नेपाल टेलिभिजनमा भिडिओ पत्रकारका रूपमा काम गरेका चित्रकारले काष्ठमण्डपमा मेयरले महारानीलाई नगरको चाबी हस्तान्तरण गर्ने कार्यक्रमको रिपोर्टिङका क्रममा आफूले प्रत्यक्ष महारानीलाई प्रफुल्ल मुद्रामा देखेको स्मरण गरेका छन्। बाबुबाजेले खिचेका पुराना तस्बिरलाई त्यसबेला महारानीलाई उपहार दिएका किरणमानले त्यसका लागि ब्रिटिश राजपरिवारले ब्रिटेनबाटै पठाएको प्रशंसापत्र पाएका थिए। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #QueenElizabeth #NepalVisit