HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

किसानको प्रश्न: 'आठ रुपैयाँ केजीमा बेचेको फर्सीलाई रुपैयाँ ५० कसरी पर्छ?' - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

तरकारी तथा फलफूल उत्पादन गर्ने किसानहरूले आफूलाई कुनै लाभ नभएको तर बिचौलियाका कारण उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको भन्दै सरकारले यसमा हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्। केही साताअघि चितवनमा किसानहरूले आफ्ना उत्पादनले उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फ्यालेर विरोध प्रदर्शन गरेका थिए। नेपालमा पर्याप्त उत्पादन हुँदाहुँदै भारतबाट आउने तरकारीका कारण स्वदेशी उत्पादनले मूल्य नपाएको उनीहरूको गुनासो छ। चितवनमा मात्रै झन्डै ३,००० हेक्टर जमिनमा तरकारी खेती हुँदै आएको किसान सङ्घर्ष समितिले जनाएको छ। भिडिओ: कमल परियार #BBCNepali #Farmer #Agriculture