HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

कपडा भाडामा लिएर विवाह गरेका दुलाहाहरू- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

“कसलाई थाहा हुन्छ र भाडामा लिएर लगाएको हो कि के हो भनेर! विवाहको बेला मात्र काम लाग्ने चिज हो त्यो। अरू बेला बाहिर जाँदा लगाउने कुरा भएन।” भाडाको लुगा लगाएर हालसालै विवाह गरेका सबिन भुर्तेलले बीबीसी न्यूज नेपालीसँग भने। अर्का नव विवाहित नीराजन चित्रकारले पनि धेरै कुरा सोच विचार गरेर बेहुला बन्दा भाडाको लुगा लगाउने निर्णय गरेका थिए। उनले भने, “विवाह भनेको दुई व्यक्तिबीचको कुरा हो। त्यही भएर धेरै तडक भडक गरेर पैसा खर्च गर्नुभन्दा लुगाबाट बचेको पैसा मैले सामाजिक कल्याणमा लगाउने विचार गरेको छु।” भाडाको लुगा लगाएर विवाह गरेर आफूहरूले पुरानो परम्परालाई परिवर्तन गरेको उनीहरूलाई लाग्छ। तीन हजार रुपैयाँमा दुलाहाको पूरा सेट उपलब्ध गराउने गरेको भन्दै 'कपडा रेन्ट'का समुन्द्रराज अर्याल हरेक व्यक्तिले लुगा प्रयोग गरेपछि ड्राईक्लिनमा पठाउने गरेको र दाग र गन्ध सबै हटाउने गरेको बताउँछन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Wedding #Reuse