HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

"केपी ओली रहुन्जेल एमालेमा जान्नँ": वामदेव गौतम

BBC News Nepali · 4 years ago

नयाँ नेतृत्व छान्न नेकपा एमालेको महाधिवेशन चितवनमा हुँदैछ। एमाले पार्टी र उसका उच्च नेतादेखि कार्यकर्ता कार्यकर्तासम्म त्यसमै व्यस्त छन्। तर नेता वामदेव गौतम दशकौँ लामो राजनीतिक जीवन बिताएको त्यही पार्टी एमाले त्यागेर बसेका छन्। अध्यक्ष केपी शर्मा ओलीसँगको मतभिन्नताका कारण अन्य नेताहरूले भने नेकपा एकीकृत समाजवादी गठन गरेका छन् र ओलीलाई चुनौती दिएर हिँडिरहेका छन्। तर नेता गौतम भने नयाँ पार्टीमा पनि छैनन्। यसअघि दुई पार्टी एकीकरण गरेर नेकपा गठन गर्न र विभिन्न कालखण्डमा वामपन्थी दलहरूबीच एकता र सहकार्यको प्रयासमा सक्रियतापूर्वक लागेका गौतम अहिले दलविहीन बनेका छन्। बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ' का लागि शरद केसीले उनै नेता वामदेव गौतमसँग कुराकानी छन्।