HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

किन बस्न मान्दैनन् सुकुम्वासीहरू यी अपार्टमेन्टमा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

सुकुम्वासीका लागि भनेर झन्डै एक दशकअघि बनाइएका अपार्टमेन्ट अहिले प्राय: खाली छन् र केही फ्ल्याटमा सरकारी निकायहरू बसेका छन्। थापाथलीस्थित सुकुम्वासी बस्तीबाट केही किलोमिटर दूरीमा नागार्जुन नगरपालिका, रानीवनमा बनाइएका ती अपार्टमेन्टमा सर्न सुकुम्वासीहरू भने तयार छैनन्। भूमिमा अधिकार सुनिश्चित नभएसम्म ती अपार्टमेन्टमा सर्नु 'भाडामा बस्नुजस्तै' भन्दै अपार्टमेन्टले आफ्ना समस्याको समाधान नगर्ने संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए। तर काठमाण्डू महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सुकुम्वासीहरूलाई भाडामै राखेर भएपनि नदी किनारको व्यवस्थापनमा आफूहरूले ढिलाइ नगर्ने बताए। भिडिओ: कमल परियार #BBCNepali #Landless #Squatters