Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
२१,००० किमि लामो ग्रेटवाल अफ चाइनामा दौडिँदै दाजुभाइ- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
चीनको ग्रेटवाल २१,००० किलोमिटरभन्दा लामो छ। यसलाई पृथ्वीको सबैभन्दा लामो मानवनिर्मित संरचना मानिन्छ। अहिले यो विशाल संरचनाको दूरी दौडिएरै पूरा गर्ने अभियानमा दुई युवक लागेका छन्। उनीहरू दाजुभाइ हुन्। उनीहरूकी आमा चिनियाँ हुन् भने बुवा ब्रिटिश हुन्। छ महिनादेखि उनीहरू प्रत्येक दिन ग्रेटवालमा म्याराथन गर्छन्। अहिले उनीहरू आफ्नो अभियानको बीचतिर पुगेका छन्। यस क्रममा यी धावकहरूले मरुभूमि, पर्वतीय क्षेत्र र जोखिमयुक्त भग्नावशेषमा पनि दौडिनुपरेको छ। इसापूर्व ५०० शताब्दिमा निर्माण सुरु भएको मानिने उक्त संरचनामा भएका विभिन्न खण्डहरू इसापूर्व २२० तिर जोडिएका थिए। अहिले उक्त पर्खालको झन्डै आठ प्रतिशत भाग मात्रै यथावत् रहेको छ भने बाँकी भागको अवस्था नराम्रो भएको बताइन्छ। ग्रेटवाल अफ चाइनालाई यूनेस्कोले सन् १९८७ मा विश्वसम्पदा सूचीको मान्यता दिएको थियो। यसलाई "सात आश्चर्य" मध्ये एक हो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #GreatWall #China