Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
कोभिड सङ्क्रमित हुँदाहुँदै बिरामीको सेवामा खटिएकी नर्स कमला नेपाली
BBC News Nepali · 5 years ago
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा काम गर्ने २४ वर्षीया नर्स कमला नेपालीलाई दोस्रो पटक कोभिड-१९ भयो। तर पनि उनले कोभिडका बिरामीहरूको रेखदेख गर्न छाडेकी छैनन्। "मैले आफ्नो पीडा आफैँसँग लुकाएर बिरामीहरूलाई निको होस् … यहाँबाट बचाएर घर पुर्याउन पाऊँ भनेर काम निरन्तर गरिरहेँ," उनले भनिन्। उनलाई अस्पतालले छुट्टै बस्न क्याबिन दिए पनि बिरामीलाई आवश्यक देखेर स्वेच्छाले सेवा गरेको बताइन्।