Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Jurassic highway: डाइनसोरका पाइला भएको 'सबैभन्दा ठूलो क्षेत्र' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
वैज्ञानिकहरूले दक्षिणी इङ्गल्यान्डको एउटा खानीमा विश्वको सबैभन्दा पुरानोमध्येको डाइनसोरका पदचिह्नका शृङ्खला रहेको स्थान भेटिएको बताएका छन्। सोह्र करोड ६० लाख वर्षअघिका २०० वटा पाइला अक्स्फर्डशरको एउटा चुनढुङ्गा खानी हुँदै पार भएका देखिएको छ। 'जुरासिक हाइवे' नाम दिइएको उक्त स्थानमा गएको बर्खामा उत्खनन भएको थियो। खानीमा खन्ने उपकरण चलाइरहँदा एक कामदारले उक्त पाइलाहरू पहिलो पटक देखेका थिए। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Dinosaur #JurassicHighway