Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
झन्डै १५ घण्टा लगाएर दुई शेर्पाले कसरी गरे मलेसियाली आरोहीको उद्धार?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
सगरमाथा आरोहण गरेर फर्किने क्रममा कठिन भू–भाग र प्रतिकूल मौसमबीच अचेत अवस्थामा भेटिएका मलेसियाली आरोहीको झन्डै १५ घण्टा लगाएर उद्धार गर्न सकेकोमा दुई पथप्रदर्शक हर्षित छन्। गेल्जी शेर्पा र ङिमा शेर्पाले सगरमाथाको चौथो शिविर माथिबाट आरोहीलाई तेस्रो शिविरसम्म पुर्याउन सफल भएका थिए। गम्भिर स्वास्थ्य अवस्थामा मध्यराति बाटोमा भेटिएका मलेशियाली आरोहीलाई उनीहरूले आफ्नो अक्सिजनसमेत दिएर सुरक्षित स्थानसम्म ल्याएको बताउँछन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Everest #Rescue