Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Jajarkot eathquake survivors: सुर्खेतमा जाजरकोट भूकम्पका घाइतेहरूको उपचार - BBC News Nepali
BBC News Nepali · 2 years ago
शुक्रवार रातिको भूकम्पमा परेर घाइते भएका मानिसहरूलाई विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ। भूकम्पको तेस्रो दिन आइतवार सरकारले सबै घाइतेको ‘जति महँगो परे पनि’ नि:शुल्क उपचार गर्ने निर्णय गरेको थियो। भूकम्पमा परेर करिब २५० जना घाइते भएको सरकारी विवरण छ। तीमध्ये केही घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। बीबीसी संवाददाता सृजना श्रेष्ठले त्यहाँ उपचाररत घाइते तथा उनीहरूका आफन्त र चिकित्सकसँग कुराकानी गरेर बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalEarthquake #JajarkotEarthquake