HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'जोइस्टिक' ले नियन्त्रण गर्न मिल्थ्यो हराइरहेको पनडुब्बी- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको एउटा पर्यटकीय पनडुब्बी हराएपछि गत आइतवारदेखि खोजी जारी छ। अहिले उत्तर आन्ध्र महासागरमा पाँच मानिससहित हराइरहेको ओशनगेटको उक्त पनडुब्बीको भिडिओ सन् २०२२ मा बीबीसीले खिचेको थियो। एक भिडिओ गेम कन्ट्रोलरले सञ्चालन गर्ने उक्त जहाजमा सीमित अक्सिजन बाँकी रहेको मानिएको छ। बीबीसीसँग कुरा गर्दै उक्त पनडुब्बीका एक पूर्वयात्रुले भने, "सम्भावित खतराबारे हामी सबैलाई थाहा थियो।" उक्त पनडुब्बी खोज्नका लागि थप स्रोतको परिचालन गरिएको छ र समुद्रका गहिराइको उद्धारमा विशेषज्ञता भएका निजी कम्पनीहरू समेत सहभागी भएका छन्। खोजी अभियानमा अहिले विभिन्न देशका विमान र पानीजहाज पनि खटेका छन्। उक्त पनडुब्बी खोजी अभियानमा अमेरिकी तथा क्यानडाका तटरक्षकहरू पनि सहभागी छन्। #BBCNepali #Titanic #Submarine