Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
जब पौडीपोखरीमा १० फिट लामो एलिगेटर देखा पर्यो...- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
मध्यरात संयुक्त राज्य अमेरिकास्थित फ्लोरिडास्थित एउटा घरको हातामा भएको पौडीपोखरीमा १० फिट लामो अजङको एलिगेटर भेटियो। त्यसलाई त्यहाँबाट उद्धार गर्न वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत निकायले तालिमप्राप्त कर्मचारी पठायो। गोहीजस्तै उक्त सरीसृपलाई नियन्त्रणमा लिनका लागि टड हार्डविक र जेफ पेटेर्लाले एक प्रहरी अधिकारीको पनि सहयोग लिएको उनीहरूको इन्स्टाग्राम पेजमा जनाइएको छ। फ्लोरिडामा खतराको सूचीमा रहेको उक्त जीवलाई उनीहरूले त्यसपछि एलिगेटरको प्राकृतिक वासस्थानमा लगेर छोडिदिएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Aligator #Animal