Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘जो नेता पढेलेखेका छन् र विकास गर्न सक्छन्, उसैलाई भोट दिने हो।’ - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जनकपुरका केही जनताले आफूहरू चुनावलाई लिएर त्यति धेरै उत्साहित नभएको बताएका छन्। चुनाव पूर्व मात्रै ठूल्ठूला आश्वासन दिने तर चुनाव पश्चात् कुनै पनि वाचा पूरा नगरेको भन्दै उनीहरूले आफ्नो दुखेसो पोखेका छन्। ‘कुर्सीमा बसेपछि सबै नेता किन एउटै हुन्छन्? कुनै पनि नेताको अब विश्वास छैन,’ जनकपुर वडा नम्बर ११ का बासिन्दा शंकर भण्डारीले बीबीसी न्युज नेपालीलाई बताए। यथास्थितिमा परिवर्तन हुने आशा झिनो भए पनि धेरैले आफ्नो मताधिकारको सही प्रयोग गर्ने बताएका छन्। मधेश प्रदेशका जनताको मनमा चुनावलाई लिएर कस्ता कुरा खेलिरहेका छन् अनि उनीहरू कस्ता परिवर्तन चाहन्छन्? हेर्नुस् विजय गजमेर र विष्णु पोखरेलले बनाएको यो भिडिओ। #BBCNepali #Election #Madhesh