Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
IPO share Nepal: 'आईपीओका लागि कमिशन मागेको पुष्टि भए एक सेकेन्ड पदमा बस्दिनँ' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपाल धितोपत्र बोर्डले प्राथमिक शेअर निष्काशन (आईपीओ) का लागि कमिशन मागिएको भन्ने आरोपबारे प्रमाण उपलब्ध गराउन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)लाई भनेको छ। खास गरी जलविद्युत् आयोजनाहरूको आईपीओ निष्काशनका लागि बिचौलियामार्फत् 'कमिशन' मागिएको गुनासो आफूहरूसम्म आएको इप्पान अध्यक्ष गणेश कार्कीले बीबीसीलाई बताए। तर बीबीसीसँग कुरा गर्दै बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफू त्यस्तो कार्यमा संलग्न भएको पाएमा एक सेकेन्ड पनि पदमा नबस्ने बताएका छन्। उनले आफूविरुद्ध आधारहीन, भ्रामक र कपोलकल्पिल आरोप लगाइएको टिप्पणी गरे। सुन्नुहोस् श्रेष्ठसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले श्रेष्ठसँग गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #IPO #ShareMarket