HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Indonesia protest: सरकारी भवनमा किन गोबर छ्याप्दै छन् इन्डोनेशियाका विद्यार्थी - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

इन्डोनेशियामा सरकारले शिक्षा र स्वास्थ्यसेवाबाट बजेट काटेपछि हजारौँ विद्यार्थीहरूले त्यसको विरोध गर्दै देशभरि प्रदर्शन गरेका छन्। त्यस क्रममा सेन्ट्रल जाभाको सदरमुकाम सेमाराङमा विद्यार्थीहरूले एउटा सरकारी भवनमा गोबर छ्यापिदिए। राष्ट्रपति प्रबोवो सुबियान्तोले आफ्नो निर्वाचन प्रचारका बेला गरेको वाचाअनुसार विद्यालयमा निःशुल्क खाजा वितरण गर्ने कार्यक्रममा लागि बजेट उपलब्ध गराउन शिक्षा क्षेत्रको बजेट काटेको प्रदर्शनकारीहरूको आरोप छ। राष्ट्रपतिको कार्यालयले बजेटमा भएको परिवर्तनले शैक्षिक क्षेत्रमा दुष्प्रभाव नपर्ने दाबी गरेको छ। तर विद्यार्थीहरूले सर्वसाधारण जनतालाई पनि आन्दोलित हुन र सडकमा आएर आफूलाई साथ दिन आह्वान गरेका छन्। #BBCNepali #BBCNepaliSewa #Indonesia #Protest