Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
हराउँदै गएको ट्याटु थारु महिलाको रहरमात्र हैन पहिचान पनि हो।- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
टिका अर्थात् ट्याटु थारु महिलाका लागि वर्षौँ देखिको पहिचान हो। ट्याटु आफ्नो माइती र विवाहपछि श्रीमान्को घरमा गरी दुईवटा बनाउने चलन थियो। तर अहिलेका युवा पुस्ताले यस किसिमको पुरानो शैलीको ट्याटु बनाउन छाडेका छन्। खासमा त अहिले यसरी ट्याटु बनाउनेहरू पनि असाध्यै कम छन्। नवलपुरको तरुवा गाउँमा अहिले यसरी ट्याटु बनाउने मात्र दुईजना थारु महिला छन्। “अहिलेको नयाँ पुस्ता न ट्याटु बनाउन आउँछन्, न यो ट्याटु बनाउने कला सिक्न नै आउँछन्,” ट्याटु बनाइरहेका महिलाहरू भन्छन्। हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ। #BBCNepali