HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hamas hostage: हमासले थाई बन्धकलाई मुक्त गरेपछि आमामा छाएको खुसी - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

हमासले बिहीवार तीन इजरेली र पाँच थाई बन्धकलाई मुक्त गर्‍यो। मुक्त हुनेमध्ये आफ्ना प्रियजन पनि रहेको थाहा पाएपछि थाईल्यान्डमा खुसी छाएको छ। विलास टनाले आफ्ना छोरा पोङ्साक मुक्त भएको थाहा पाउँदा बीबीसी थाईको टोली उनीसँगै थियो। सन् २०२३ मा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका कैयौँ थाई नागरिकहरूमध्ये पोङ्साक पनि थिए। बिहीवार ३० ज्यानुअरीका दिन हमासले मुक्त गरेका पाँच थाई बन्धकमध्ये उनी पनि एक हुन्। सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। उक्त घटनामा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए। #BBCNepali #BBCNepaliSewa #Hamas #Hostages