HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'हाम्रो ज्यानमाथि खतरा': तारोमा पाकिस्तानका ट्रान्सजेन्डर समुदाय- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

पाकिस्तानमा पारलैङ्गिक अर्थात् ट्रान्सजेन्डर मानिसहरूको हकहितका लागि अभियान सञ्चालन गर्दै आएकी हिना बलोच देशमा केही वर्षयता असहिष्णुता बढेको र आफ्नो समुदायमाथि आक्रमण हुने क्रम अझ बढेको बताउँछिन्। समान अधिकारको माग गर्दै सडकमा कार्यक्रमहरू गरेपछि उनीमाथि सन् २०२१ मा शारीरिक आक्रमण भएको थियो। अहिले उनी र अरू ट्रान्सजेन्डर अभियानकर्ताहरू पाकिस्तानको एउटा कानुन संशोधन प्रस्तावको विरोध गरिरहेका छन्। पाकिस्तानको 'ट्रान्सजेन्डर पर्सन्स एक्ट'ले देशमा भएका झन्डै पाँच लाख ट्रान्सजेन्डर नागरिकहरूलाई आधारभूत अधिकार सुनिश्चित गर्छ र कुनै प्रकारको भेदभाव हुन दिँदैन। तर दक्षिणपन्थी राजनीतिक दलहरू उक्त कानुनने "समलैङ्गिक विवाहलाई प्रोत्साहन गरेको" भन्दै त्यसको विपक्षमा उभिएका छन्। केही रूढिवादी सांसदहरूले उक्त कानुन इस्लामिक कानुन शरियाविरुद्ध रहेको दाबी गरेका छन्। "हाम्रो ज्यानमाथि खतरा छ र जतिसुकै बेला जे पनि हुन सक्छ। किनभने त्यो टार्न सकिने परिस्थिति छैन," हिना बलोचले भनिन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Transgender #Pakistan