HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

घण्टौँ सडकमा 'मूर्ति' बन्ने गरेका दावा लामा - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

सिन्धुलीका ३५ वर्षीय दावा लामा काठमाण्डूका विभिन्न स्थानमा मूर्ति जस्तै बनेर घण्टौँ उभिने गर्छन्। उनीसँग फोटो र भिडिओ खिच्ने तथा टिकटक बनाउन भिड लाग्छ। सामाजिक सञ्जालमा चर्चित बन्दा खुसी लागेको लामा बताउँछन्। पाँच घण्टासम्म लगातार हलचल नगरी उभिएर आफूले सडकमा कला प्रदर्शन गरे पनि केहीले 'माग्न बसेको' टिप्पणी गर्दा भने दुख लागेको लामा बताउँछन्। आदिकवि भानुभक्त आचार्यको अवतारमा मूर्ति बनेर घण्टौँ सडकमा उभिने लामाको रहर राजा पृथ्वीनारायण शाहजस्तै बनेर उभिने छ। भिडिओ: कमल परियार #BBCNepali #Streetart #Streetlife