Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gaza children: गाजामा बालबालिका मारिएका घटनाको अनुसन्धान - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
बीबीसी वर्ल्ड सर्भिसले गाजामा बालबालिकमाथि गोली प्रहार गरिएका १६० वटाभन्दा बढी घटनाबारे विवरण सङ्कलन गरेको छ। त्यसमध्ये ९५ वटा घटनामा बालबालिकालाई टाउको वा छातीमा गोली लागेको देखिएको छ। अधिकांश घटनामा गोली लाग्ने बालबालिका १२ वर्षमुनिका थिए। हामीले फेला पारेका घटनाहरू युद्ध सुरु भएको पहिला सातादेखि यो वर्ष जुलाईसम्मका हुन्। इजरेलले विदेशी पत्रकारलाई गाजामा प्रवेश गर्न अनुमति दिएको छैन। त्यहाँ भएको विनाश र मानिसहरूको विस्थापनका कारण सामग्री सङ्कलन गर्न पनि कठिन भएको छ। #BBCNepali #BBCNepaliSewa #Gaza #Children #Shorts