Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
गिद्ध संरक्षणमा नेपालको महत्त्वपूर्ण उपलब्धि- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको सङ्ख्यामा गिद्धहरू रहेको विज्ञहरू बताउँछन्। तर सन् २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि बढिले घटेको देखाएको थियो। कुनै कुनै गिद्धको प्रजाति त अति सङ्कटापन्न अवस्थामा पुगेका थिए। त्यसपछि सरकारले गिद्ध संरक्षण गर्न विभिन्न उपाय अपनायो। संरक्षण कार्यक्रम सफल हुँदा नेपालमा सन् २०१६ मा २० हजारको सङ्ख्यामा पुगेको छ। दक्षिण एसिया र अन्य देशको तुलनामा नेपालले गिद्ध संरक्षणमा राम्रो परिणाम हात पारेको गिद्ध संरक्षण कार्यक्रम प्रबन्धक अङ्कितविलास जोशी बताउँछन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #Vulture #Conservation