Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
गर्मी र वर्षासँगै सर्पदंशको चुनौती, सर्पले डसे के गर्ने? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू वृद्धि हुने गरेको र सचेतना नअपनाएका कारण मृत्यु तथा शारीरिक अपाङ्गता बेहोर्नु परेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्। नेपालका झन्डै २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ। ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको ज्यान जाने गरेको बताइन्छ। पछिल्लो तीन महिनामा काठमाण्डू आसपासका क्षेत्रमा मात्रै झन्डै ३७० जनालाई सर्पले टोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रको तथ्याङ्क छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Snakebite #Summer