Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Flying car: अमेरिकामा 'उड्ने कार'को नमुना परीक्षण - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
संयुक्त राज्य अमेरिकाको एक कम्पनीले 'उड्ने कार'को प्रारम्भिक नमुनाले उडान गरेको दृश्य सार्वजनिक गरेको छ। अलेफ एरनोटिक्सको उक्त कारले जमिनबाट 'टेकअफ' गरेपछि जमिनमा रहेको एसयूभीभन्दा माथि आकाशमा उडिरहेको देखिन्छ। अमेरिकामा अन्य केही कम्पनीहरू पनि यस्तो कारको उत्पादनका लागि प्रयासरत छन्। अलेफका प्रमुख कार्यकारी अधिकृत जिम डुखोभ्नीका अनुसार कम्पनीले आगामी एक वर्षमा उपभोक्ताहरूलाई यस्तो कार बेच्ने लक्ष्य राखेको छ। उनका अनुसार यस्तो कारका लागि कम्पनीले हजारौँ 'प्रिअर्डर' लिइसकेको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #FlyingCar #Technology