HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

फोटोग्राफर जसले तीन दशक अपराध घटनास्थलका फोटो खिचे - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपाल प्रहरीका अवकाशप्राप्त फोरेन्सिक फोटोग्राफर शेरबहादुर कार्की आफूले कैद गरेका सयौँ अपराधका दृश्यमध्ये दरबार हत्याकाण्डको घटनास्थल कहिल्यै बिर्सन नसक्ने बताउँछन्। उमेरले ७० वर्ष कटिसकेका कार्की २०३० सालमा असईका रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। उनले नेपाल प्रहरीका लागि झन्डै तीन दशक फोरेन्सिक फोटोग्राफी अर्थात् अपराधका घटनास्थल पुगेर प्रमाण सङ्कलनका लागि तस्बिर खिच्ने कार्य गरे। भिडीओ: कमल परियार #SherBahadurKarki #ForensicPhotographer #NepalPolice