HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

फलफूल र तरकारीबाट फैलिन सक्छन् एन्टिबायोटिक प्रतिरोध गर्न जीवाणु- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

प्रेस्क्रिप्शनबिना एन्टिबायोटिक प्रयोग गर्ने वा चिकित्सकले दिएको पूरा मात्रा नखाने गर्दा मानिसमा एन्टिबायोटिकले नछुने समस्या देखिन थालेको छ। परिणामस्वरूप सामान्यतया चाँडै निको हुनु पर्ने रोग पनि निको हुन लामो समय लाग्ने, उपचार सफल नहुने, औषधिले काम नगर्ने हुन्छ। काठमाण्डूको विभिन्न ठाउँबाट सङ्कलित फलफूल र तरकारीका नमुनामा गरिएको तीन वर्ष लामो अनुसन्धानका क्रममा एन्टिबायोटिक प्रतिरोधी जीवाणुहरू फेला परेका छन्। त्यस्ता जीवाणुले मानिसलाई सङ्क्रमण गर्दा उपचार नहुने वा दीर्घकालीन रोग हुने गरेको विज्ञहरू बताउँछन्। भिडिओ: विजय गजमेर #BBCNepali #antimicrobialResistance #Health