HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

फुकुशिमा ऊर्जा केन्द्रको पानी समुद्रमा पठाउनु कति सुरक्षित- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

जापानले क्षतिग्रस्त फुकुशिमा पारमाणविक ऊर्जा केन्द्रबाट १३ लाख टन विकिरणयुक्त पानी समुद्रमा छोड्ने गर्ने निर्णय गरेपछि स्थानीय समुदाय, छिमेकी राष्ट्र र पर्यावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन्। जापान सरकार र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले उक्त योजना सुरक्षित रहेको दाबी गरेका छन्। उक्त केन्द्र सञ्चालन गर्ने टोकियो इलेक्ट्रिक पावर (टीईपीसीओ) ले अधिकांश विकिरणयुक्त कणले राष्ट्रिय मापदण्ड पूरा गर्नेगरी पानी प्रशोधन गरिने बताएको छ। यद्यपि अझै पनि किन केही मानिसहरू चिन्तित छन्? अनि समुद्रमा पठाउन लागिएको पानीबारे हामीलाई के थाहा छ? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Fukushima #Environment