Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Facial hair: भारतका १८ वर्षे किशोर 'अनुहारमा सर्वाधिक रौँ भएका व्यक्ति' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारतका ललित पाटीदारले अनुहारमा सर्वाधिक रौँ भएका व्यक्तिको विश्वकीर्तिमान भङ्ग गरेको गिनिस वर्ल्ड रेकर्ड्सले जनाएको छ। उनी १८ वर्षका भए। पाटीदारको अनुहारको ९५ प्रतिशत भाग रौँले ढाकिएको छ। उनी 'हाइपर्ट्रिकोसिस' नामक समस्याबाट पीडित छन्। मानवजातिमा यो निकै दुर्लभ अवस्था हो। अहिलेसम्म झन्डै ५० जनामा मात्र 'हाइपर्ट्रिकोसिस' देखिएको अभिलेखले देखाउँछ। यसलाई 'वेअर्वुल्फ सिन्ड्रोम' पनि भनिन्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #FacialHair #GuinnessWorldRecords