Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Everest avalanche 2015: आधा शरीर हिउँमा पुरिएर बाँचेका शेर्पाको फेरिएको जीवन - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपालमा सन् २०१५ को एप्रिल २५ मा गएको ७.६ म्याग्निट्यूडको भूकम्पले सगरमाथाको आधार शिविरमा ठूलो क्षति पुर्यायो। विश्वको सर्वोच्च शिखरको सबैभन्दा सुरक्षित मानिने स्थानमा हिमपहिरोका कारण भएको क्षतिले सम्पूर्ण पर्वतारोहण क्षेत्रलाई स्तब्ध तुल्याइदियो। उक्त विपद्ले कति शेर्पाहरूलाई पेसाबाट पलायन गरायो भने त्यसयताका वर्षमा कसैकसैको भाग्य चम्कियो। यो अडिओ रिपोर्टमा बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले सन् २०१५ यता सगरमाथालाई सुरक्षित बनाउन गरिएका प्रयास समेतको चर्चा गरेका छन्। #BBCNepali #BBCNepaliSewa #Everest #NepalEarthquake