HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Euclid telescope: ब्रह्माण्डको रहस्य पत्ता लगाउन टेलिस्कोपले पठाएको अद्भुत दृश्य- BBC News Nepali

BBC News Nepali · 2 years ago

ब्रह्माण्डका विभिन्न रहस्यहरू पत्ता लगाउने उद्देश्यसहित युरोपेली अन्तरिक्ष निकाय (ईएसए) को नेतृत्वमा निर्माण गरी प्रक्षेपण गरिएको यूक्लिड नामक शक्तिशाली टेलिस्कोपले तस्बिरहरू पठाउन थालेको छ। उक्त वैज्ञानिक परियोजनाको उद्देश्य ‘डार्क एनर्जी’ र ‘डार्क म्याटर’ जस्ता विषयबारे खगोलविद्हरूको ज्ञान अभिवृद्धि गर्नु रहेको छ। डार्क एनर्जी र डार्क म्याटरबाट अधिकांश ब्रह्माण्ड बनेको ठानिन्छ। तर हामीलाई तिनबारे खासै केही ज्ञान छैन। यूक्लिडले आगामी छ वर्षमा अन्तरिक्षको एकतिहाइ भागको सर्वेक्षण गर्दा डार्क एनर्जी र डार्क म्याटरको रहस्योद्घाटन हुने गरी केही सङ्केत फेला पर्ने अपेक्षा वैज्ञानिकहरूको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Euclid #DarkUniverse