HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Elderly bodybuilder: दालभातको आडमा दैनिक तीन घण्टा व्यायाम गर्ने पाका बडिबिल्डर - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

सत्तरी वर्ष पुग्न दुई वर्ष मात्र बाँकी हुँदा पनि काठमाण्डूका कृष्णसिंह शाही दैनिक तीन घण्टाजसो व्यायाम गर्न छुटाउँदैनन्। साधारण दालभात तरकारीको भरमा शारीरिक सुगठनमा सक्रिय उनी शरीर बिग्रने डरले पूरक पोषक तत्त्व (सप्लिमन्ट) पनि नलिने बताउँछन्। आफ्ना दौँतरीहरू 'सुगर-प्रेसर', हाडजोर्नी दुखाइ जस्ता समस्याले थलिँदा सिंहले भने अहिलेसम्म औषधि सेवन गर्न नपरेको उनको भनाइ छ। हालै काठमाण्डूमा आयोजना भएको शारीरिक सुगठनसम्बन्धी एक प्रतिस्पर्धामा उनी आफ्नो समूहमा तेस्रो बने। तर विगतमा पटक पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोटमा परे पनि आर्थिक अभावका कारण सहभागी हुन चुकेको उनको गुनासो छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ स्टोरी। #BBCNepali #BBCNepaliSewa #Bodybuilding #Fitness