Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Drone use in mountains: के ड्रोनले शेर्पाको रोजीरोटी खोस्दै छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सगरमाथामा थुप्रिएको फोहोर ड्रोनको प्रयोग गरेर आधारशिविरतर्फ झार्ने कार्य मौसमको प्रतिकूलताका कारण लक्ष्यअनुसार ढुवानी गर्न नसकिएको ड्रोन सञ्चालकले बताएका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार ड्रोनको प्रयोग गरेर झन्डै १,००० देखि १,५०० किलोग्राम फोहोर तल झार्ने लक्ष्य रहेको थियो। ड्रोनले झन्डै ३०० किलोग्राम तल झार्नुका साथै हिमालमा बाटो बनाउन आवश्यक डोरी र भर्याङलगायतका सामान ओसारेको समितिले जनाएको छ। यसरी ड्रोनको प्रयोग गर्दा शेर्पाहरूको आयआर्जनको माध्यम खोसिने कतिपयको टिप्पणी छ। हेर्नुहोस् यो भिडिओ। भिडिओ : कमल परियार #BBCNepali #drone #mteverest #bbcnepalisewa