Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Deepfake: 'विद्यार्थीबाटै आपत्तिजनक डीपफेक तस्बिर' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दक्षिण कोरियामा विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना शिक्षकको तस्बिर दुरुपयोग गरी आर्टिफिशल इन्टेलिजन्सममा आधारित प्रविधिमार्फत् 'अश्लील डीपफेक' तस्बिर बनाएको शिक्षकहरूले बताएका छन्। त्यसरी बनाइएका तस्बिरहरू विभिन्न अन्लाइन माध्यममा राखिने गरेको उनीहरू बताउँछन्। त्यसरी पीडित बनेकी एक शिक्षकले डिप्रेशनका कारण जागिर छाड्नुपरेको थियो भने प्रहरी अनुसन्धान नभएपछि कतिपयले आफैँ अनुसन्धान गर्नुपरेको थियो। अधिकारीहरूका अनुसार दक्षिण कोरियामा 'डीपफेक'सँग सम्बन्धित समस्याबारे प्रहरीमा प्राप्त उजुरीको सङ्ख्या सन् २०२१ देखि २०२४ सम्म आइपुग्दा झन्डै दश गुना बढेको छ। यस्तो समस्याको रोकथामका लागि अझ धेरै कदम चालिनुपर्ने शिक्षकहरूको भनाइ छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Deepake #SouthKorea